लोकतन्त्रका लाभ दलले, दलमा पनि एउटा गुटले मात्रै लिएकाले हामीले समस्या भोगिरहेका छौँ

रातोपाटी

काठमाडाैं

अहिले म बढ्ता साहित्यमा छु । पहिला राजनीतिमा थिएँ । राजनीतिमा हुँदा संसदसम्म पुगेपछि यो मेरो भूगोल, मेरो प्रदेश या गण होइन, म यहाँ पर्यटक रहेछु भनेर निस्किएको हुँ । त्यस्तो पलायनको हिसाबकिताब थिएन । मैले जे सोचेर राजनीति गरेको थिएँ, त्योभन्दा फरक देखिएपछि म त्यताबाट निस्किएर साहित्यमा छु । 

म अलिकति अनुभवबाट आफ्नो कुरा भन्न चाहन्छु । म एउटा गाउँमा बस्छु । लोकतन्त्रपछि त्यो गाउँ सहर बनेको छ, कागेश्वरी– मनहरा– मूलपानी भन्ने ठाउँ हो त्यो । २०४६ सालभन्दा अगाडि पार्टीको सङ्गठन गरेको र एक मात्र दल बनाएका अगुवामध्ये सायद म नै अगाडि थिएँ । त्यस क्षेत्रमा कमिटी प्रणालीहरु बनाउने काम तलै बसेर मैले गरेको हुँ ।

त्यसबेला दल भनेपछि म  बहुत उत्साहित पनि थिएँ । २०४६ को आन्दोलनको बेलामा त्यहाँ काँग्रेस थिएन । काँग्रेसका जानकी कुइँकेल (जो बित्नुभयो)  लगायत केही होनाहार सम्मानीय व्यक्तित्व हुनुहुन्थ्यो । 

तर संयुक्त जनआन्दोलनमा दुवैको झण्डा बोकेर हामी आन्दोलनमा गएका थियौँ । बहुत खुसी लाग्थ्यो । तर अचेल म बिहान निस्कन्छु । अहिले त्यहाँ दलका मान्छेहरु देखेपछि तिनीहरुसँग नजिक नै नहोऔं, तिनीहरुको नमस्कार पनि नखाऔं, अनि कुनै वरिष्ठ मान्छे छ भने त्यसलाई नमस्कार पनि नगरौँ, त्यो मानसिकतामा छु म ।

प्रकाशित मिति: : 2021-03-05 09:51:00

प्रतिकृया दिनुहोस्