
बिएल संवाददाता
बृहत् नागरिक आन्दोलनले नेपालस्थित म्यान्मार दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ।
शुक्रबार विहान ११ बजे दुतावासअगाडि प्रदर्शन गर्ने जनाइएको छ।
म्यान्मारमा लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध दूतावासअगाडि विरोध प्रदर्शन गर्न लागेको बृहत् नागरिक आन्दोलनले जनाएको छ।
म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि सुरुभएको प्रदर्शनको क्रममा कम्तीमा ५४ जनाको ज्यान गएको छ। केहीलाई पक्राउ गरिएको छ।
संयुक्त राष्ट्रवसंघका अधिकार प्रमुखले प्रदर्शनकारीहरुको हत्या र उनीहरुमाथि भइरहेको दमन रोक्न सेनालाई आग्रह गरेका थिए।
नेपाललगायत विश्वभरबाट सेनाको उक्त कदमको विरोध हुँदै आएको छ। बृहत् नागरिक आन्दोलनले यसअघि पनि म्यान्मारको सैन्य कदमकाे विरोधमा प्रदर्शन गरेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया