बलिउडका सेलिब्रेटीहरुबीच पछिल्लो समय विभिन्न ठाउँमा महंगोँ घर किन्ने होडाबाजी चलिरहेको छ।
एक साता अघिमात्रै नायक शहिद कपुरले आफ्नी श्रीमती मिरा राजपुतलाई ५५ करोड बराबरको घर किनेर उपहार दिए। बलिउड अभिनेता र अभिनेत्रीहरुले भारतमा मात्र नभई बाह्य देशहरुमा पनि घर किन्ने गरेका छन्।
यसैवीच सपनाको देश मानिने लण्डनमा कमैले मात्र घर किन्ने हैसियत राख्छन्। तर केही कलाकारहरुले लामो समयदेखि लण्डनमा नयाँ नयाँ घर किन्दै आईरहेका छन्। ती मध्ये लण्डनमा महंगाँ घर भएका बलिउड कलाकारहरु यी हुन्
शाहरुख खान
शाहरुख खानको मुम्बईमा आलिशान घर 'मन्नत' छ। अलीबागमा एउटा फार्महाउस पनि छ। उनको लण्डनमा पनि घर किनेका छन्। शाहरुखले लण्डनको पोश पार्क लेनमा पनि एउटा अपार्टमेन्ट किनेको खबर आएको थियो।

काजोल
कालोल र अजय देवगनले सन् २०१३ मा लण्डन पार्क लेनमा एउटा घर किनेका थिए। त्यसबाहेक लण्डनमा उनीहरुले नयाँ घर किनेको हल्ला चलेको छ। इन्स्टाग्राममा कालोलले इंग्ल्याण्ड र लण्डनमा परिवारसँग खिचेका तस्बिर सेयर गर्दै आएका छन्।

शिल्पा शेट्टी
शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको लण्डनको अक्सफोर्ड स्ट्रीटमा महंगोँ अर्पाटमेन्ट छ। उनीहरु बेलाबखत बिदा मनाउन त्यहाँ जाने गर्दछन्।

सोनम कपूर
सोनम कपूर विवाहपश्चात उनका पति आनन्द आहूजासँग लण्डनमा बस्दै आएकी छन्। दुई जना मिलेर उनीहरुले मुम्बई, दिल्ली र लण्डनमा घर किनेका छन्।

प्रकाशित मिति:
: 2021-03-03 18:10:00