मुख्यमन्त्री उद्धव ठाकरेले भारतको महाराष्ट्रमा पुनः बन्दाबन्दी (लकडाउन) गर्ने चेतावनी दिएका छन्।
पछिल्लो समय मुम्बईमा आठ हजार बढी कोरोना संक्रमित भेटिएपछि मुख्यमन्त्री ठाकरेले बन्दाबन्दी हुन सक्ने संकेत गरेका हुन्।
मुख्यमन्त्री ठाकरेले बन्दाबन्दी गर्ने चाहना नभएपनि कोरोना भाइरस बढ्दै जाँदा अर्को उपाय पनि नभएको बताएका छन्। यसअघि उनले कोरोना संक्रमितको संख्या नरोकिए सरकारले बन्दाबन्दी गर्न सक्ने जनाएका थिए।
'कोरोना केन्द्र' मानिने 'मुम्बई'मा बसोबास गर्ने जनतालाई सबैभन्दा धेरै सावधानी गर्न मुख्यमन्त्री ठाकरेले अपील गरेका छन्।