बास्तोला मृत्यु प्रकरण :आईतबार पक्राउ परेका घरबेटी एक लाख धरौटीमा छुटे

 मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको  मृत्यु प्रकरणमा जोडिएका घरधनी रमेश गिरी एक लाख धरौटीमा छुटेका छन्।आइतबार पक्राउ परेका गिरीलाई सोमबार जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकानरी दिए । उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई आइतबार साँझ पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2021-03-01 20:22:00

प्रतिकृया दिनुहोस्