भण्डारमै कुहिँदैछन् बहुमूल्य आखेटोपहार

राजेश घिमिरे

नेपालको कानूनले वन्यजन्तुको अंगको चोरी सिकारीमा संलग्नलाई सजायको व्यवस्था गरेको छ। महँगो मूल्यमा देश, विदेशमा बिक्रीका लागि चोरी सिकारीमा संलग्न भएका व्यक्तिलाई तस्करका रूपमा मुद्दा चलाएर वर्षौंसम्म कैदमा राख्ने गरिएको छ।

तर बहुमूल्य मानिने आखेटोपहार(वन्यजन्तुका अंग) का लागि भने उचित भण्डारणको व्यवस्था पनि छैन।

देशभरका संरक्षित क्षेत्र र वन कार्यालय मातहतका क्षेत्रमा विभिन्न कारणले मरेका तथा मारिएका वन्यजन्तुको आखेटोपहारको भण्डारण चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गर्ने गरिन्छ। करिब चार वर्षयता संकलन गरिएका आखेटोपहार यहाँको भण्डारमा कुहिन थालेका छन्।

सयौंको संख्यामा रहेका एक सिंगे गैंडाका खाग, खुरमा धमिरा लागेका छन् भने गैंडा, बाघ, चितुवाका छाला कुहिएर गन्हाउन थालेका छन्। हात्तीका दाह्रादेखि विभिन्न जन्तुका हड्डी भण्डारको भुइँमा मिल्किएका छन्। 

प्रकाशित मिति: : 2021-03-01 14:13:00

प्रतिकृया दिनुहोस्