राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयबाट सोमबार विज्ञप्ति जारी गर्दै २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरिएको हो। 

प्रकाशित मिति: : 2021-03-01 13:33:00

प्रतिकृया दिनुहोस्