जोन्सन एण्ड जोन्सन कम्पनीको काेराेना भ्याक्सिनलाई एफडिएकाे अनुमति

बिएल संवाददाता

न्यूयाेर्क

मोडेरना र फ़ाइजरपछि अमेरिकी सरकारको फुड एण्ड ड्रग एड्मिस्ट्र्रेसन (एफडिए)ले जोन्सन एण्ड जोन्सन कम्पनीको भ्याक्सिनलाई पनि अनुमति दिएको छ।

भ्याक्सिन केवल एक डोज मात्र दिए पुग्ने पनि एफदिए प्यानलले बताएको छ। एफडिएका अनुसार यो भयाक्सिन गम्भीर बिरामीहरुलाई पनि दिन सकिनेछ।

भयाक्सिनको परिक्षण तीन देशमा गरिएको थियो। जसअनुसार अमेरिका मा ८५ दशमलब ९ प्रतिसत, दक्षिण अफ्रिकामा ८१ दशमलब ७ प्रतिसत र ब्राजिल मा ८७ दशमलब ६ प्रतिसतले सुरक्षित पाइएको थियो।

परिक्षणमा केवल २ दशमलब ३ प्रतिशत मात्रै "साइड इफेक्ट" देखिएको छ- जो विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार थोरै हो। संगठनको मापदण्ड अनुसार ६ प्रतिशत "साइड इफेक्ट"लाई सामान्य मानिन्छ।

जुन महिनासम्म भ्याक्सिनको १० करोड खुराक उपलब्ध हुनेछ। यसकाे विश्वभर नै वितरण गरिने उत्पादन कम्पनीले बताएकाे छ। यसैबीच राष्ट्रपति जो वाइडेनले एफडिएको मन्जुरीलाई अमेरिकाको लागि उत्साहजनक खबर भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-03-01 08:08:00

प्रतिकृया दिनुहोस्