बी एण्ड सी मेडिकलले सम्बन्धन पाउला त ? 

Photo : Durgaprasain facebook
Photo : Durgaprasain facebook

काठमाडौँ विश्वविद्यालयले बी एण्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

झापामा रहेको उक्त बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुन्, जो प्रधानमन्त्री निकट मानिन्छन्। बी एण्ड सी मेडिकल कलेजले ०७३ सालमा विश्वविद्यालयमा निवेदन पेेश गरेर प्रक्रियामा लैजान माग गरेको थियो।

सोही अनुसार बुधबार बसेको सिनेटको बैठकले निवेदनलाई प्रक्रियामा लैजान निर्णय गरेको हो। विश्वविद्यालयले अब कलेजलाई सम्बन्धन प्रक्रियामा लैजान राष्ट्रिय चिकित्सा शिक्षा आयोगलााई पत्राचार गर्नेछ। 

सम्बन्धन दिन मिल्ने हो वा होइन भनेर प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको केयुका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए। 

चिकित्सा शिक्षा ऐनको दफा १३  अनुसार एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्दैन। 

प्रकाशित मिति: : 2021-02-28 06:28:00

प्रतिकृया दिनुहोस्