‘सुकी ! राजनीति छाडेर नेपालमै बस्न आऊ’

नेपाल खबर

काठमाडाैं

एक महिनाअघि, १९ माघ (२०७७) मा बर्मेली संसदको पहिलो बैठक आयोजना गरिएको थियो, बर्माको नयाँ राजधानी न्यापितमा। राष्ट्र प्रमुखसरहको स्टेट काउन्सिलरको हैसियतमा रहेकी सर्वोच्च लोकतन्त्रवादी नेतृ आङ सान सुकी राजधानी न्यापितको इन्यालेकस्थित निवासमा थिइन्। राष्ट्रपति विन मिन्ट पनि न्यापितमै थिए।

तर १९ माघ बिहानै बर्मेली सेना प्रमुख मिङ ओङ लाइङले सैनिक शक्तिको बलमा ‘कु’ गरे। नेतृ सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका शीर्ष नेताहरूलाई सेनाले पक्राउ गर्यो। गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाउँदै एक पटक पनि बैठक नबसी संसद विघटन गरिदियो, सेनाले। सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका नेताहरू अहिले पनि नजरबन्दमै छन्।

छैनन्। तर, ठहिँटी (काठमाडौं) नजिकैको नःघलस्थित धर्मकीर्ति विहारकी प्रमुख (गुरुमा) भिक्षु धम्मावती (धर्मावती शाक्य) भने बर्मामा भइरहेका हरेक राजनीतिक घटनाक्रमबारे निरन्तर ‘अपडेट’ छिन्।

धम्मावतीको यो चासो स्वाभाविकै हो। किनभने किशोर वयमै भिक्षु जीवनमा प्रवेश गरेकी उनी ५०–५५ वर्षको अवधिमा दर्जनौंपटक बौद्धकर्मका लागि बर्मा पुगेकी छन्, त्यहाँका बौद्ध विहारहरूमा वर्षाैं बिताएकी छन्।

प्रकाशित मिति: : 2021-02-27 21:54:00

प्रतिकृया दिनुहोस्