बाँचुञ्‍जेल सक्रिय जीवन जिउने मदनकृष्णको मन्त्र (भिडियोसहित)

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

उमेरले ७० पार गरिसकेका। समयले घरमै बसेर आराम गर्नुपर्ने। तर, उनको जोस जाँगर देखेपछि काम गर्न अल्छी गर्नेलाई पनि स्फूर्ति जाग्‍ने।

हो, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको वृद्धावस्थाको यो जोसलाई जो कोहीले पत्याउन सक्दैनन्।

एकातिर जीवनलाई औषधिको भर। अर्कोतिर कार्यक्षेत्र, गाउँ, समाज तथा समृद्ध राष्ट्र निर्माणको कार्यभार। कलाकारिता क्षेत्रमार्फत् उनले देशको लागि गरेको योगदानको कुनै मूल्य तोक्न सकिँदैन। ७० को दशक पार गरिसकेका मदनकृष्ण अझै सक्रिय हुँदै गएका छन्।

यसैको उदाहरण हो- हालै सार्वजनिक उनको स्वर र अभिनयसहितको गीत ‘फूलबुट्टे सारी’। लेजेण्डरी भर्सनमा उनले यो गीत गाएका मात्र छैनन्, गीतको भिडियोमा आफैंले अभिनय गरेका छन्। जसमा मदनकृष्णलाई अभिनेत्री मिथिला शर्माले साथ दिएकी छिन्।

“शरीरले काम गरून्‍जेल, दिमागले साथ दिइन्‍जेल चुप लागेर बसिदैन। सक्रियता नै जीवन हो। बाँच्‍नु भनेकै जबसम्म सक्रिय छ, तबसम्म मात्र हो। निष्क्रिय भनेको ज्युँदो लासजस्तै हो,” उनले भने।

 

प्रकाशित मिति: : 2021-02-27 13:49:00

प्रतिकृया दिनुहोस्