लायल जे गोल्डस्टाइन
सन् १९९२ को मार्च महिनामा अमेरिकाको एउटा आधारभूत रणनीति सतहमा आयो। शीतयुद्धपछि अमेरिकाको लक्ष्य के हुने भनेर सो रणनीतिले तय गरेको थियो। त्यो दस्तावेजबारे न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको लक्ष्य थियो– ‘कुनै पनि प्रतिद्वन्द्वी शक्ति उदाउन नसक्ने सुनिश्चित गर्नु’ र कथित ‘एक ध्रुवीय क्षण’ लाई निरन्तर कायम राख्नु।
अमेरिका आफ्नो चिरस्थायी प्रभुत्व कायम राख्न चाहन्थ्यो। तर, उसको यो चाहनाले पछिल्ला केही दशकमा अमेरिकाको भलो गरेन। ‘एकध्रुवीय क्षण’ र त्यसका विभिन्न सहायक तर्कहरुकै कारण अमेरिकाले विश्वभर अनगिन्ती सैन्य हस्तक्षेप गर्यो। जुन निकै महंगो त साबित भयो नै, तीमध्ये धेरै हस्तक्षेप असफल पनि रहे। त्यस्ता हस्तक्षेपले तनावपूर्ण, नाजुक किसिमको रणनीतिक प्रतिद्वन्द्विता पनि पैदा गर्यो।
अमेरिकाले २०१८ मा उत्तिकै विस्तृत अर्को रणनीति अगाडि सार्यो– यूएस स्ट्राटेजिक फ्रेमवर्क फर दि इन्डो–प्यासिफिक। जनवरी २०२१ मा सार्वजनिक भएको यो रणनीतिमा पनि १९९२ को रणनीतिकै प्रतिध्वनि सुन्न सकिन्छ। तर, इन्डो–प्यासिफिक रणनीतिले पहिलेको भन्दा बढी विध्वंसकारी परिणाम निम्त्याउन सक्छ।