कम्युनिस्टले कांग्रेसलाई नेतृत्वको प्रस्ताव गर्नु जिउँदै मर्नुजस्तो हो : लालबाबु पण्डित (भिडियोसहित)

देखापढी

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लालबाबु पण्डितले पार्टी एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कदम चाल्नुपर्ने बताएका छन्।
 
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि एकीकरणका सम्भावना खुला भएको उनले बताए। 

 

“संसदीय दल छुट्टा-छुट्टै बस्‍नु गलत हुन्छ। पार्टी एकताका लागि प्रधानमन्त्री ओलीले पहिलो कदम चाल्नुपर्छ, त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड पनि तयार हुनुपर्छ,” नेता पण्डितले देखापढीसँग भने।
  
प्रचण्डतिर इंगित गर्दै उनले प्रस्तुत गरिएको आरोपपत्रमा आफूले केही बुँदामा त्रुटि देखिएको बताए। “आरोपपत्र सच्याउने वा फिर्ता लिँदा एकताका लागि सहमतिको वातावरणसमेत बन्‍न सक्छ,” उनले थपे,  “दुवै पक्षले आरोपपत्र फिर्ता लिनुपर्छ र एकताका लागि फेरि अघि बढ्नुपर्छ।”
 
अदालतले फैसला सुनाएपछि पुष्पकमल दाहाल प्रचण्डले तत्कालै केपी शर्मा ओलीसँग अब कुनै सहमति हुन नसक्ने बताएका थिए। प्रचण्डको त्यो प्रतिक्रियालाई उनले आवेग र उत्तेजनाको प्रतिक्रिया भएको बताए। “आवेग र निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन, यसले नेकपालाई खाल्डोमा पुर्‍याउँछ,” नेता पण्डितले थपे।

प्रकाशित मिति: : 2021-02-27 06:28:00

प्रतिकृया दिनुहोस्