रियाको चेहरा नै ‘चेहरे’मा अटेन

Photo - IANS
Photo - IANS

नायिका रिया चक्रवर्तीले अभिनय गरेको चलचित्र ‘चेहरे’को फस्टलुक सार्वजनिक भएको छ।

पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अमिताभ बच्चन, इमरान हाश्मी लगायतलाई देख्न सकिन्छ। फस्टलुकमा रियाको तस्वीर नै राखिएको छैन।

भारतीय मिडियाका अनुसार, पोष्टरमा आफ्नो तस्वीर समावेश नगरिएपछि रिया निराश बनेकी छिन्।

नायक सुशान्त सिंह राजपुतको निधनपछि दर्शकबाट गाली बढी पाएका कारण पनि रियालाई पोष्टरमा राखेर यसको निर्माणपक्षले विवाद निम्त्याउन नचाहेको देखिन्छ।

यतिमात्र होइन सुशान्तको निधनपछि उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसेकी थिइन्।
 

प्रकाशित मिति: : 2021-02-26 12:01:00

प्रतिकृया दिनुहोस्