प्रधानमन्त्री ओलीले खतरा मोलेर संसदीय दल-संसद फेस गर्छन् वा अर्को पार्टी खोल्छन्?

सेतोपाटी

काठमाडौँ

अमित ढकाल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २४ सम्ममा संसदको अधिवेशन बोलाइसक्नु पर्ने बाध्यात्मक अवस्था छ। अदालतले त्यसका लागि परमादेश नै जारी गरेकाले उनले संसद अधिवेशन टार्न सक्ने छैनन्।

प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसद 'फेस' गर्ने बताइसकेका छन्। तर संसद अधिवेशन सुरू हुनुअघि अध्यादेश ल्याएर आफ्नो नेतृत्वमा नयाँ दल गठन गर्ने वा नेकपा अध्यक्षकै रूपमा संसदमा उपस्थित हुने, त्यसको अन्तिम टुंगो उनले गरिसकेका छैनन्।

ओलीले नयाँ दल गठन गरे भने मुलुकको राजनीति एउटा 'कोर्स' मा जान्छ। त्यसपछि संसदमा तीन वटा ठूला पार्टी हुनेछन्। तीमध्ये दुई मिल्दा बहुमतको सरकार बन्नेछ।

प्रधानमन्त्रीले नयाँ पार्टी दर्ता गरेनन् र नेकपा नेताकै रूपमा संसद फेस गर्न चाहे भने त्यसपछि निर्णय गर्ने पालो प्रचण्ड‍-नेपाल खेमाको हुनेछ। त्यो बेला प्रचण्ड-नेपाल खेमासँग तीन वटा विकल्प रहनेछन्। 

पहिलो, प्रधानमन्त्री ओलीसँग सम्झौता गरेर नेकपामा एकता कायम गर्ने।

दोस्रो, उनलाई संसदीय दलको नेताबाट हटाउने।

तेस्रो, संसदमा अविश्वास प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने।

अहिले पहिलो विकल्पमा जाने सम्भावना नरहेको दुवै पक्षका नेताहरू बताउँछन्। दोस्रो विकल्पको कुरा गर्नुअघि तेस्रो विकल्पको कुरा गरौं।

प्रकाशित मिति: : 2021-02-25 20:59:00

प्रतिकृया दिनुहोस्