घुससहित औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत पक्राउ 

फाइल तस्वीर
फाइल तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।  

विभागका शाखा अधिकृत सरोज सुवेदीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो। 

करार सेवामा रहेका सुवेदीले कारवाहीमा परेको फार्मेसी खुला गर्ने प्रयोजनका लागि घुस रकम लिएको अख्तियारले जनाएको छ। 

आयोगका अनुसार उनले सेवाग्राहीसँग यसअघि ४० हजार रुपैयाँ लिइसकेको र थप २ लाख रुपैयाँ लिएको अवस्थामा बिराटनगर–३ स्थित भट्टराई होटल नजिकबाट नियन्त्रणमा लिएको हो। 

सुवेदीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-25 17:33:00

प्रतिकृया दिनुहोस्