२०४७ सालमा कृष्णप्रसाद भट्टराईको भाषणसंगै सुरु भएको मेलम्ची खानेपानी आयोजना निर्माण थालनीपछि मात्र १८ जना प्रधानमन्त्री परिर्वतन भएका छन्। यो अवधिमा आयोजनाको नेतृत्व ३० जना सचिवले गरेका छन्।
पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा विना मगरले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। निवर्तमान खानेपानीमन्त्री मगरबाट गत दशैंमा काठमाडौंमा पानी आउनेदेखि सिएमसी ठेक्का तोडेर जाने काम भयो।