इलाममा करेन्ट लागेर एक जनाको मृत्यु     

फाइल तस्वीर
फाइल तस्वीर

इलाम नगरपालिका-४ बरबोटे बस्ने २० वर्षीय पुजन सोमी लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । 

सोही नगरपालिका-९ स्थित टेक माईन अफिसमा फाईबरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मंगलबार दिउँसो उचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: : 2021-02-24 15:48:00

प्रतिकृया दिनुहोस्