जर्जियाका ‘युनाइटेड नेशनल मुभमेन्ट’का नेता पक्राउ

File Photo
File Photo

जर्जियाका ‘युनाइटेड नेशनल मुभमेन्ट’का नेता पक्राउ परेका छन्।

प्रहरीले प्रमुख विपक्षी दल नेता निका मेलियालाई दलको कार्यालयमै पुगेर प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरिदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष देखाइएकाे थियाे।

विपक्षी नेताको पक्राउपछि दलका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियाे।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याससमेत चलाएको थियो। विपक्षी नेताको पक्राउपछि गतवर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन्।

प्रकाशित मिति: : 2021-02-24 10:19:00

प्रतिकृया दिनुहोस्