डा. बाबुराम भट्टराईले अस्पतालबाटै भने– प्रतिनिधिसभा पुनर्स्थापना भएको सुन्दा रोग हराएजस्तो भयो (भिडियोसहित)

बिएल संवाददाता

काठमाडाै‌ं
Dr. Baburam Bhattarai Facebook
Dr. Baburam Bhattarai Facebook

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेको खबर सुन्दा रोग नै हराएको जस्तो अनुभूति भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताए। 

‘कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो’, भट्टराईले भनेका छन्, ‘हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!’ 

भट्टराई स्वास्थ्य उपचारका लागि तीन दिनअघि भारतमा छन्।

प्रकाशित मिति: : 2021-02-23 20:46:00

प्रतिकृया दिनुहोस्