संसद पुनर्स्थापनाकाे स्वागतमा बाँकेमा दीप प्रज्वलन

बाँकेमा संसद पुनःस्थापनाकाे स्वागतमा दीप प्रज्वलन गरिएकाे छ।

नेकपा काेहलपुर कमिटिकाे आयाेजनामा काेहलपुरकाे चाैराहमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य महेश्वर गहतराजले संविधानकाे रक्षा र नेपाली जनताकाे विजय भएकाे बताए। उनले प्रधानमन्त्री ओलीकाे प्रतिगमनले हारेकाे बताए।

उनले भने, `नेपाली जनताले जितेका छन् हाम्राे आन्दाेलनले जित हासिल गरेकाे छ। हामी खुसी छाै। सबैले खुसीयाली मनाउनु पर्छ। ´यस्तै प्रतिनिधिसभा सदस्य पुर्णाकुमारी सुवेदीले देशलाई अस्थिरता तर्फ धकेल्ने कदमलाई परास्त गरेकाे बताइन्।

उनका अनुसार अदालतले नेपालमा न्याय जिवित छ भन्ने उदाहरण प्रस्तुत गरेकाे छ। दीप प्रज्वलनमा नेकपा नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे।

प्रकाशित मिति: : 2021-02-23 19:27:00

प्रतिकृया दिनुहोस्