काठमाडौंमा विशेष सुरक्षा सतर्कता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे सगैँ  उपत्यकाको सुरक्षा तैनाथी बढाईएको छ। फागुन १७ गते सम्मका लागि विशेष सुरक्षा योजनासमेत लागु गरिएको छ। 

प्रतिनिधिसभा पुनःस्थापना पछि नेकपा ओली समुहका नेता कार्यकर्ता र प्रचण्ड-माधव समुहबीच झडप हुनसक्ने भन्दै उपत्यकाको विभिन्न ठाउँहरुमा सुरक्षा तैनाथी बढाइएको हो। यतिबेला विभिन्न सुरक्षा निकायहरु तयारी अवस्थामा बसेका छन्। उपत्यकाभरी ब्यापक प्रहरी परिचालन गरिएको छ।

सर्वोच्च अदालतले आज (मंगलबार) विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ।

प्रकाशित मिति: : 2021-02-23 19:18:00

प्रतिकृया दिनुहोस्