पार्टी र सत्तालाई एउटै ठान्ने संस्कार बोकेर पार्टी र सत्ताको माथिदेखि तलसम्म पलाउनसक्ने परजिवी आसेपासे पुँजीवाद, फर्सी झाँङझै झाङ्गिसकेको थियो। त्यसलाई निराकरण गर्न सकिन्थ्यो? नाम कम्युनिष्ट तर काम आसेपासे पुँजीवाद। यसैको बुनियादलाई निराकरण गरिन्थ्यो बल्की झन् आवरण गरिन्थ्यो।
वास्तवमा नेपालका केही दुर्लभ कम्युनिष्ट नेतृत्व पन्थी अनुयायीमा मात्र मार्क्सवादका विचार वीजारोपण भएका थिए। पछि गएर ती सबै निमिट्यान्न भए।
मार्क्सवादका विचार पद्धतिहरु राम्ररी प्रवेश गर्न सकेन। बरु भन्न सकिन्छ कि स्टालिन र माओको ढोकाबाट प्रवेश गरेका थिए।
ऐतिहासिक रुपमा एउटा सुखद् आश्वर्य मान्नु पर्दछ कि मार्क्सको विचारको आधिकारिक प्रवेश र विस्तार कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद सन् १९४९ मा भयो।
त्यही साल नेपाल कम्युनिष्ट पार्टीको विधिवत् गठन मात्र भएको थियो। तत्पश्चात् विभिन्न आरोहअवरोह हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी नेतृत्व दुई-तिहाई बहुमतको निर्वाचित सरकार बन्न पुगेको छ।
वास्तवमा नेपालमा अझै पनि कार्ल मार्क्सका विचार पद्धति र सिद्धान्त राम्ररी प्रवेश भएको छैन भन्दा हुन्छ। किनभने जति बेला दोस्रो विश्वयुद्धतत्पश्चात् नेकपाको गठन भयो।
त्यतिबेला कम्युनिष्ट दुनियाँमा स्टालिनको उचाइले एउटा कम्युनिष्ट आन्दोलनमा तरंग ल्याएको थियो भने माओको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न हुँदै गरेको थियो।
त्यसैले भन्न सकिन्छ– इतिहास मार्क्सको ढोकाभन्दा स्टालिन र माओको ढोकाबाट प्रवेश भएको थियो। उतिबेला रुस र चीनका सत्ताधारी पार्टीहरुले छानेर छापेर वितरण गरेका सरलीकृत रचना स्टालिन र माओका आलेख रचनालाई सूत्रबद्ध गरी संसारभरि वितरण गरियो।
तीनै लेख रचनाहरु पढेर नेपालमा पनि कम्युनिष्ट उदय भएको हो। जुन कुरा हरु छोपेर छोपिदैन। २०४१ सालमा मदन भण्डारीको नेतृत्वले धेरै मार्क्सवादका रचना नेपाली भाषामा अनुवाद भएका थिए। जुन लेख रचनाहरु पार्टी कार्यकर्ता र जनस्तरमा पुगेका थिए।
मार्क्सका विचार पद्धति खासै गहिराइमा पुगेन। कति गहिराइसम्म भिज्यो, त्यो अनुमान गर्न सकिन्छ।
मार्क्सका विचार र पद्धतिको सारत्व भनेको विधमान सामाजिक सम्बन्धका गतिका नियम र अन्तर्विरोधका भौतिकवादी द्वन्दवादी तरिकाले केलायर त्यसैको गर्वबाट नयाँ सामाजिक सम्बन्धको उत्खनन र प्रवद्वन गर्नु हो। मार्क्सको जीवनकाल पूँजीवादको उत्खनन र (पोस्ट क्यापिटालिस्ट) सामाजिक सम्बन्धको खोजीमा लगाए।
हिजो गणतन्त्र मुठ्ठी भरका मानिसको लागि मात्र बनेको थियो। नेपालमा गणतन्त्र आएको एक दशकभन्दा बढी भइसक्यो।
गणतन्त्रमा आम नागरिकले आफ्नो जीवनकालमा आमूल परिवर्तन हुने सबै विकृति विसंगतिको अन्त्य हुने अपेक्षा गरेका थिए तर परिवर्तनका नाममा केही व्यक्ति प्रधानमन्त्री बन्ने, केही थान मानिसहरु मन्त्री बन्ने, सांसद् सभासद बन्ने काम मात्र भएको गम्भीर प्रकारको आरोप जनस्तरमा थियो। अझै पनि छ।
भ्रष्टाचार, अपारदर्शीता, अनियमितता, विचौलिको विगविगी, कमिसन खोर, तस्करी र कालोबजारीले मुलुक लिप्त थियो।
यहाँ पाइलैपिच्छे, घरमैपिच्छे र समूहपिच्छे दलाली गर्ने मानसिकताको संस्कार बसेको छ। सिङ्गो मुलुक दलालीको दल–दलमा फसेको छ। झन् त वैदेशिक हस्तक्षेप र अतिक्रमण ( इन्क्रोचिङ्ग)को त श्रृङ्खला झन् बढोन्तरी भइरहेको छ। यी तमाम समस्याबाट ग्रसित मुलुक न थला पर्छ या मथि उठ्छ।
विभिन्न समयमा भएका आन्दोलन, संघर्ष, विद्रोह र जनक्रान्ति मात्रै भएन, हाम्रो मुलुकमा। नेपालकै इतिहासमा रक्तपातपूर्ण सशस्त्र आन्दोलन पनि भएको छ। विभिन्न पार्टीहरुद्वारा विभिन्न संघर्ष र सुधारहरु भए।
कुनै कालखण्डमा नेपाली काङ्ग्रेसले हतियार उठाएको थियो भनेर बहुदलताका चर्चा हुन्थे। काङ्ग्रेसले मात्र होइन २०२८ सालमा कम्युनिष्टहरुले झापा विद्रोह गर्दा हतियार उठाएको समेत भनियो।
तत्पश्चात् २०४६ सालको आन्दोलनपछि २०५१ सालमा तत्कालीन माओवादीको नेतृत्वमा 'जनयुद्ध' नै भयो। त्यो जनयुद्ध १० वर्ष चल्यो र १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए।
तत्पश्चात् पुनः २०६२/६३ को आठ पार्टीको नेतृत्वमा जनआन्दोलनको राप र तापले जनक्रान्ति समेत भयो।
उक्त क्रान्तिको राप र ताप तत्पश्चात नेपालमा गणतन्त्र मात्र आएन मुलुकमा संघीयतासमेत आयो। संघीयतामा मधेश आन्दोलनको पनि अहम् भूमिका छ।
नेकपाभित्रको संकट:
सुरुको कम्युनिष्ट बीचको माले, एमाले र पछिल्लो माओवाद अवतरणमा यो आन्दोलनले प्रचारात्मक रुपमा समाजवाद, साम्यवाद गरे पनि त्यसको नीति कार्यक्रमले पूँजीवादी लोकतान्त्रिक नै रहेको कुरा ठिङ्ग रह्यो।
सर्वहारा अधिनायकत्व अन्तर्गत पार्टी र सत्तालाई एउटै ठान्ने र आसेपासे, नातावाद, कृपावाद, माथिदेखि तलसम्म पलाउनसक्ने परजीवी आसेपासे पूँजीवाद जुन फर्सीको झ्याङझै झाङ्गिएको छ। ब्राण्ड कम्युनिष्ट तर काम आसेपासे। यी यावत कारणहरु हुन् जसले नेकपालाई हारको मुख देख्नुपर्ने स्थिति आउनसक्छ।
मार्क्सवाद कुनै पोखरीमा जमेको पानी होइन, समयअनुकूल कदम चाल्ने छौँ। कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भएको हो। संसारका श्रमजीवीका लागि नवीन युगान्तको सूत्रपात भयो।
उहाँकै सूत्रधार, विचारधाराबाट अभिप्रेरित भई विश्वमा ठूला–ठूला क्रान्तिहरु भए। जसका विचारले संसारलाई नै प्रभावित गर्यो।
आजसम्म कसैले पनि उनको वैज्ञानिक खण्डन गर्न सकेको छैन। केवल सर्वहारा वर्गले मात्र होइन, उहाँलाई पूँजीपति शिविर र दुनियाँले मानेको छ।
मार्क्सका सिद्धान्तहरु सार्वभौम छन्। चरम संघर्षका बाबजुद विश्व सर्वहारा वर्गले धेरै ठूला घम्ति र मोडहरु छिचोलेर यहाँसम्म आइपुगेको छ। अब हामीले नयाँ संकल्प गर्नुपर्छ। त्यसका लागि तयार हुन सबै तयार हुनुपर्छ।