जनयुद्धले फेरिएनन्, तर ऋणको सहारामा देश छोड्ने सपना

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

रुकुम र रोल्पालाई माओवादीको १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा लिइन्छ। तत्कालीन नेकपा माओवादीले जनयुद्धको केन्द्र पश्चिम कर्णालीका दुर्गम जिल्लालाई बनाएको थिए। सशस्त्र जनयुद्धको डोब सबैभन्दा बढी त्यहीँका जनताले भेटेका थिए।

मुलुकमा जनयुद्ध सकिएपछि माओवादी सत्तामा आयो। रुकुम, रोल्पा र जाजरकोटका मानिसले दुःख जान्छ भन्ने सोचेका थिए तर, त्यसविपरीत गरिबी र अशिक्षाको रेखा वृद्धि भइरहेको छ।

माओवादीले मुलुक सञ्चालन पनि गरे,नेताका जीवनशैली फेरिए तर, रुकुमबासीका दुःख जहाँको त्यहीँ छ। कर्णालीमा धेरै पानी बगे, तर, दुःख बगेर गएन। अझ किनाराका रहेका गाउँका तन्नेरी रित्तिँदै गएका छन्।

जीवनमा कर्णाली नदी नतरेकाहरु युद्धका घाउलाई बिर्सँदै त्यहाँका युवाहरु अहिले सात समुद्र पारि जाने सपना देख्दै काठमाडौं आउन थालेका छन्। धेरै युवा अरबको तातो मरुभूमिमा पसिना चुहाउँदै आफ्ना श्रम बेचिरहेका छन्। कतिपय युवा 'सपनाको देश' अमेरिका पनि गइसकेका छन्।

रुकुम बाँफिकोट ७ का २४ वर्षीय युवा मनराज खत्री पहिलोपटक दुई दिनको बस यात्रामा काठमाडौं आएका छन्। उनले गोंगबु बसपार्कलाई मात्र अन्तिम गन्तव्य बनाएनन् राहदानी विभागलाई पनि बनाए। उनले विभागबाट बनाएको पासपोर्टले अबको नयाँ गन्तव्य  तय गर्नेछ। 

उनी एक सातादेखि काठमाडौंमा बसिरहेका छन्। तर, घुम्न पनि आएका होइनन्, निर्वाचन क्षेत्रबाट जितेर आएका न कुनै जनप्रतिनिधिलाई नै भेट्न आएका छन्। मनराज त केवल पासपोर्ट बनाउन आएका हुन्।

प्रकाशित मिति: : 2021-02-22 21:41:00

प्रतिकृया दिनुहोस्