नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गते २५ गतेसम्म सञ्चालन हुने बताइएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहने छ।
प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ र प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ।
खेलाडीको छनोट अक्सनबाट हुनेछ भने प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ।