शनिबार, ०२ अगस्ट २०२५

‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम शुरु

News Image
Nepalipatra
• • •

प्रदेश नं १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमको आज शुभारम्भ गरेका छन्। 

प्रदेशप्रमुख अधिकारीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकामा सामाजिक विकास मन्त्रालय, पूर्वाञ्चल डेन्टल अस्पताल इटहरी र हेल्पिङ युथ इटहरीको सहकार्यमा सञ्चालित तीनदिने ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक  दन्त उपहार’ कार्यक्रमको आज उद्घाटन गर्दै ज्येष्ठ नागरिकलाई जीवनको  उत्तराद्र्धमा खुशीसाथ बाँच्न सिकाउने कार्य उदाहरणीय रहेको विचार व्यक्त गरे। 

प्रदेशप्रमुख  अधिकारीले प्रदेश सरकारका तर्फबाट शुरु गरिएको यस प्रकारको सामाजिक कार्यले जनताप्रति उत्तरदायित्व रहेको छ भन्ने अनुभूति गराउने विचार राखे।

उनले छिन्ताङ, जालपा देवीको मन्दिर, भ्यूटावर, पाताल पार्क, शहीद स्मारक यस क्षेत्रको पर्यटकको आकर्षण गन्तव्यको केन्द्रका रुपमा रहेको  बताए। प्रदेशप्रमुख अधिकारीले यस क्षेत्रमा पर्यटकको आवागमन वृद्धिका लागि सुविधा सम्पन्न होटेल, घरबास, स्वच्छ खानेपानी, सार्वजनिक शौचालयलगायतको व्यवस्थाका सम्बन्धित पक्षले ध्यान दिनु आग्रह गरे। 

उनले सुन्तला उत्पादनका लागि प्रसिद्ध धनकुटामा आधुनिक कृषियन्त्रको प्रयोग गरी यस्को  विकास र विस्तार गरी छिमेकी राष्ट्रमा निर्यात गरेमा आम्दानी राम्रो स्रोत हुनाका साथै आर्थिक समृद्धि  हुने विचार राखे।

 प्रदेशप्रमुख अधिकारीले विसं २०३६ मा हत्या गरिएको १६ शहीदको यस भूमिका जनप्रतिनिधिहरुले इमान्दार, निष्पक्ष जनउत्तरदायीरुपमा कार्य गरेकामा खुशी व्यक्त गरे। प्रदेशप्रमुख अधिकारीले उक्त गाउँपालिकामा रहेको १६ शहीदको सालिकमा माल्यार्पण गरेका थिए। रासस 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!