ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार महिला रहेकी छन्।
ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो।
लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ।
मुत्यु भएकी महिलाको साथबाट कुनै कागजात फेला नपरेपछि उनको पहिचान खुल्न नसकेको हो। उनलाई अहिले अल्का अस्पतालमा राखिएको छ।