‘भजाइना’ बिम्ब! सायद राष्ट्रपतिले पनि बुझ्नुहुन्छ

आयोमेल

काठमाडाै‌ं

 गजेन्द्र बाेहरा

डुब्न लागेको घामका किरण उनको ठूलो अनुहारमा सुनौलो रङ पोखेर दौडिरहेका थिए। छिटोछिटो घर्किरहेको त्यो सन्ध्याका किरणजस्तै लाग्थ्यो, उनको भावमा ‘बेचैनी’ हरू बुर्कुसी मारिरहेका थिए। 

ती बेचैनी के हुन्? जसले उनलाई निदाउन दिइरहेका छैनन्, जसले उनलाई आक्रोश ओकल्न लगाइरहेका छन्। 

‘माई भजाइना विल भोट यु आउट’ गत माघ ३० गते भद्रकाली सडकमा उनका बेचैनी यसरी पोखिए। 

कालो टिकुली। 
कालै पहिरन। 

आजकल सडकमा हुने हरेकजसो आन्दोलनको अग्रभागमा एउटा विद्रोही अनुहार झुल्किरहन्छ। 

त्यही अनुहार हो, हिमा विष्ट। 

हरेक दिन, हरेक मिडियामा ‘बलात्कारका हेडलाइन’ हरूले निदाउन दिँदैनन्। जिउँदै महिलामाथि तातो तेल खन्याइएका समाचारहरूले उनलाई भतभती पोल्छन्। 

प्रकाशित मिति: : 2021-02-22 17:21:00

प्रतिकृया दिनुहोस्