गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

गोरखाको बारपाकमा  एकै परिवारका तीन जना मृत भेटिएका छन्।
गोरखा प्रहरी प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एक वृद्धा, एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।
आइतबार राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छिमेकीहरुले घरमा हेर्दा मृत अवस्थामा भेटेका थिए। मृत अवस्थामा देखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए। अहिले बारपाक प्रहरी चौकीको टोली घटना स्थालमा पुगिसकेको छ। 

मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र   १३ वर्षीया उषा गुरूङ रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-02-22 11:42:00

प्रतिकृया दिनुहोस्