मन्त्री त्रिपाठीको आग्रह : ज्येष्ठ नागरिक सबैले कोरोनाविरुद्धको खोप लगाउनुहोस् 

Kantipur Sandesh

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ज्येष्ठ नागरिक सबै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आज भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरेका हुन्। 

कतिपय विकसित देशले पैसा तिरेरसमेत खोप पाउन नसकिरहेको बताउदैं उनले आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको जानकारी दिए।  

'कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ' उनले भने। नेपालमा आज १० लाख खोप भित्रिएको छ। 
 

प्रकाशित मिति: : 2021-02-21 21:42:00

प्रतिकृया दिनुहोस्