उच्च शिक्षाका लागि ‘करियर फेस्ट’ मेला

Nepal magazine

‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्च शिक्षाका लागि सोमबार दोस्रो ‘करियर फेस्ट’ नामक मेला आयोजना गर्ने भएको छ। 

उच्च शिक्षाका लागि विदेशमा जान युवाहरु भौतारिने क्रम नरोकिएका कारण उक्त मेल आयोजना गर्ने भएको हो। 

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलाय, पोखरा विश्वविद्यालय आदिबाट सम्बन्धनप्राप्त व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधि विषयमा अध्यापन गर्ने कलेजका २० भन्दा बढी स्टल रहने तथा दुई हजार पाँच सय विद्यार्थीले अवलोकन गर्ने सर्भिसेजका प्रबन्ध निर्देशक विशाल केसीले जानकारी दिए। 

'कक्षा १२ पछि उच्चशिक्षामा के पढ्ने र कसरी, कुन क्षेत्रमा अगाडि बढ्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई केन्द्रित गरेर राष्ट्रिय सभागृहमा ‘नेपाल टिन लिडर्स’ को सहयोगमा आयोजना हुने भएको हो' उनले भने, 'मेलामा विज्ञबाट परामर्श र अनुभव आदानप्रदान गराइने छ।' सोही क्रममा विभिन्न कलेजले छात्रवृत्तिको सुविधासमेत घोषणा गर्ने उनको भनाइ छ। 

मेलामा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नबील बैँकका नायब कार्यकारी निर्देशक मनोज ज्ञवाली, प्रस्तोताद्वय सृष्टि केसीसन्दीप क्षेत्रीलगायतले विद्यार्थीको अशल तथा व्यावसायिक भविष्यका लागि अभिप्रेरणामूलक प्रस्तुति दिने निर्देशक केसीले बताए।

प्रकाशित मिति: : 2021-02-21 20:51:00

प्रतिकृया दिनुहोस्