बिएल संवाददाता
चीन र भारतबीचको सीमा–विवाद समाधान गर्न पछिल्लो समय दुवै पक्ष सकारात्मक देखिएका छन्।
मोल्दो सिमानामा शनिबार भएको दशौँ चरणको सैन्य वार्ताले पूर्वी लद्दाखको हाँट, स्प्रिंग्स, गोगरा, देपसांग उचाई र डेमचोकलगायतका स्थानबाट सेना फिर्ता लिने कुराकानी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोगरा उचाई र हाँट स्प्रिंग्समा दुवै देशबीच सहमति बनेको छ। यद्यपि, देपसांग र देकचोकमा भने अझै केही विषयमा छलफल हुन बाँकी रहेको छ।
पूर्वी लद्दाखमा चीन र भारतबीच केही महिनादेखि सीमा–विवादले उग्र रुप लिएको छ। भारतीय पक्ष बारम्बार विवादित मानिने स्थानहरूमा छिट्टै नै समाधान चाहेको छ।
मेल्दो सिमानामा सम्पन्न वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व लेफ्टिनेन्ट जरनेल पीजीके मेनन गरेका थिए भने चिनियाँतर्फबाट मेजर जनरल लिउ लिन नेले गरेको भारतीय स्थलसेना स्रोतले जनाएको छ।
वार्तामा चिनियाँ र भारतीय पक्षले सिमानामा भइरहेको तनाव कम गर्न पूर्ण रुपमा कोशिश गरेका छन्। उनीहरूले गोगरा र हाँट स्प्रिंग्समा आफ्ना सेनाहरू फिर्ता बोलाउने सहमति भएको दाबी छ। तर, डेपसांग र डेमचोक सिमानामा भने अहिलेसम्म कुनै सहमति भएको छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया