भारतः सिपाही हत्याका अभियुक्त मोति प्रहरीसँगको मुठभेडमा मारिए 

Photo - Zee News
Photo - Zee News

भारतको उत्तरप्रदेशमा सिपाही हत्याका मुख्य अभियुक्त मोति सिंह प्रहरीसँगको मुठभेडमा मारिएका छन्। करतला रोडमा काली नदीनजिकै आइतबार बिहानै मुठभेड भएको प्रहरीले जनाएको छ। 

प्रहरीसँगको जम्काभेटमा सिंहले गोली चलाएपछि आत्मरक्षाका लागि आफूहरूले पनि गोली चलाएको प्रहरी अधिकारी मनोजकुमार सोनकरले बताएका छन्। 

प्रहरीको गोली लागेका उनलाई जिल्ला अस्पताल पुर्‍याएको थियो। तत्कालै डाक्टरले मृत्युको पुष्टि गरे। उनको साथबाट एक थान पेस्तोलसमेत बरामद गरिएको छ। 

मुठभेडमा मारिएका मोति सिपाही देवेन्द्र सिंह हत्याका मुख्य आरोपी हुन्। उनको योजनामा प्रहरी समूहमाथि आक्रमण गरेको अरोप छ। 

सिढपुरा हत्याकाण्ड लगतै प्रहरीले खोज्न सघाउनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। पछिल्लो समय भारतमा हिंसात्मक गतिविधिमा लागेकाहरूलाई 'नक्कली मुठभेड' बनाएर मार्ने गरेको आरोप प्रहरीमाथि छ।

प्रकाशित मिति: : 2021-02-21 13:16:00

प्रतिकृया दिनुहोस्