बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

photo :Nils Jorgensen/Shutterstock.com
photo :Nils Jorgensen/Shutterstock.com

राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्।

शुक्रबार महारानी एलिजावेथ द्धितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेकी हुन्। 

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी अधिकारीहरूले जनाएका छन्।

यद्यपी दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेका उनीहरुले केही महिना अगाडि नै सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको बरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए।

त्यसपछि उनीहरु बेलायत छाडेर अमेरिका बसाइ सरेका थिए। तर पनि बेलायती बकिङ्घम राजदरबारको तर्फबाट अहिलेसम्म उनीहरुको मानपदबी कायमै राखिएको थियो। 

उनीहरुको मान पदवी खारेज भएको घोषणालाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ।

राजपरिवारको सदस्यका रूपमा उनीहरुको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका हुने छैन।

प्रकाशित मिति: : 2021-02-20 07:46:00

प्रतिकृया दिनुहोस्