सिन्धुपाल्चोक र डोल्पामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।
पाँचपोखरी थाङपाल गाउँपालिका-६ स्याले बस्ने २८ वर्षीय सूर्य नारायण गिरीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो।
उनको सोही गाउँपालिका-३ ठूलो भोताङमा विद्युत ट्रान्सफर्मको ब्यारेल लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी डोल्पाको मुडकेचुला गाउँपालिका-४ बस्ने २३ वर्षीय वीरेन्द्र वुढाको करेन्ट लागेर मृत्यु भएको छ। ससुराली गएका उनको बिहीबार साँझ करेन्ट लागेर पोलबाट तल खस्दा घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।