दैनिक ११ करोडभन्दा बढीको स्मार्टफोन आयात

देखापढी

काठमाडाै‌ं

निकेश खत्री

नेपालले विदेशबाट दैनिक ११ करोड रूपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात गर्दै आएको पाइएको छ। चालु आर्थिक वर्षको सात महिनामा मोबाइल फोन आयात गर्दा अर्बौं रूपैयाँ रकम नेपालबाट बाहिरिएको देखिएको हो।

भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा नेपालमा विदेशबाट २४ अर्ब छ करोड रूपैयाँको स्मार्टफोन भित्रिएको छ। सात महिनालाई औषत ३० दिनले हिसाब गर्दा दुई सय १० दिन हुन आउँछ।

त्यसअनुसार पछिल्लो सात महिनामा स्मार्टफोन आयात गर्न खर्चिएको कूल रकमलाई दुई सय १० दिनले भाग गर्दा दैनिक ११ करोड ४२ लाख ८५ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको देखिन्छ।

सोही अवधिमा नेपालमा ४३ लाख ६८ हजार वटा फोन आयात भएको विभागले जानकारी दिएको छ। जसअनुसार नेपालले दैनिक औसतमा २० हजार आठ वटा फोन नेपाल भित्रिएका छन्।

मोबाइलको आयात ११ अर्बले बढ्यो

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालमा ११ अर्बले स्मार्टफोन आयात बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल आयात भएको तथ्यांक छ।

गत वर्षको आयात चालु आर्थिक वर्षको सात महिनामा भित्रिएको स्मार्टफोनको तुलनामा ११ अर्ब रूपैयाँले कम हो। चालु आर्थिक वर्षको माघसम्ममा २४ अर्ब छ करोड रूपैयाँ मोबाइल आयात गरेवापत बाहिरिएको छ। गत माघ महिनामा मात्रै नेपालमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको स्मार्टफोन भित्रिएको तथ्यांक छ।

प्रकाशित मिति: : 2021-02-18 12:04:00

प्रतिकृया दिनुहोस्