कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा सचिवालय फेरबदल

File Photo
File Photo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीका अन्य नेता कार्यकर्तालाई अवसर प्रदान गर्ने हेतुले आफ्नो सचिवालय हेरफेर गरेका छन्।

उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन्। उनले सचिवालयको लागी जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक, प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरेका छन्।

तीन वर्षसम्म सचिवालयमा रहेर काम गरेका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरिएको छ।

प्रकाशित मिति: : 2021-02-17 22:09:00

प्रतिकृया दिनुहोस्