सप्तरीमा छतमा खेल्ने क्रममा लडेर एक नावालकको मृत्यु भएको छ।
डाक्नेश्वरी नगरपालिका वडा नं १० बनौला बस्ने खुशिलाल मण्डलको छोरा अन्दाजी २ वर्षीय दिपक मण्डल उपचारको लागि राजबिराजतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हाे।
ईलाका प्रहरी कार्यालय कल्यानपुर सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा पुगेको टोलीले प्रराम्भिक अनुससन्धान कार्य सम्पन गरी मृतकको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगेको छ।
घटना बारेमा थप अनुसन्धान कार्य भइरहेको ।