सिरहामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।
लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको हो।
कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।