अमेरिकाबाट बिरूवा ल्याएर स्ट्रबेरी खेती गर्दै मेयर

सेतोपाटी

काठमाडाै‌ं

रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिरा केसी नगरपालिकाको काम सकेर थोरै फुर्सद मिल्यो कि कृषि फार्ममा पुगिहाल्छन्। फराकिलो खेतका ड्याङमाथि फलेका राता फल हेरेर उनी आनन्दित हुन्छन्। 

खेतमा साना-साना बोटमा स्ट्रबेरीका राता र हरिया फल फलिरहेका छन् भने कतै खेत सम्याउने र तरकारी लगाउने काम भइरहेको छ।

किसान परिवारमा जन्मिएका केसी आफू पनि सानैदेखि राजनीतिसँगै दुग्ध व्यवसायमा लागे। २०६८ सालमा केसीले सुरू गरेको शिवगंगा डेरी उद्योग देवदहमा अहिले पनि सञ्चालनमा छ। उक्त डेरी उद्योगबाट दैनिक १० हजार लिटरभन्दा बढी दूध बिक्री हुन्छ।

गाउँघरमा किसानले उत्पादन गरेको दूधलाई संकलन गरी डेरीमार्फत् वितरणका लागि स्थानीय युवाहरूलाई रोजगारीसमेत दिएका छन्। ‘मेरो बुवाले पशुपालन गर्नुहुन्थ्यो, गाई-भैंसीको दूध, घिउ र गोबरसँगै हुर्किएको मैले पनि दुग्ध व्यवसाय सुरू गरेँ,’ उनी भन्छन्।

सामूहिक कृषि फर्म सञ्चालन गर्ने योजना भने उनले लकडाउनका बेला बनाएका हुन्। गत वर्ष कोरोना महामारीपछिको लकडाउनमा अधिकांश पेशा व्यवसाय प्रभावित बने।

प्रकाशित मिति: : 2021-02-14 10:24:00

प्रतिकृया दिनुहोस्