प्रचण्डलाई साक्षी राख्दै जसले तोडे जात, १७ वर्षदेखिको प्रेम विवाहमा परिणत

नेपाल खबर

काठमाडाै‌ं

दार्चुलामा ब्राह्मण परिवारमा जन्मेकी लक्ष्मी जोशी २०६० सालदेखि माओवादी आन्दोलनमा जोडिइन्। विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला वीरेन्द्र बीसी (विश्वकर्मा) सँग उनको चिनजान भयो। र, समयक्रमसँगै त्यो प्रेममा परिणत भयो।

यसै पनि हाम्रो देशमा जातीय विभेद व्याप्त छ। त्यसमाथि सुदूरपश्चिममा जातपात र छुवाछूत झन् चर्काे छ। 

सकारण एउटा दलित युवक र बाहुन युवतीबीचको प्रेम सहज हुने कुरै भएन। झन् विवाह त कल्पनाभन्दा बाहिरकै कुरा। तर पनि कम्युनिस्ट आन्दोलनमा होमिएका उनीहरूले मनमनै अठोट गरे– पार्टीका अध्यक्ष प्रचण्डलाई नै साक्षी राखेर एकदिन बिहे गरेरै छाड्छौं।

धेरै वर्षदेखिको त्यो अठोट उनीहरूले जनयुद्ध दिवसका दिन फागुन १ गते पूरा गरेका छन्। दिवसका अवसरमा पेरिसडाँडा (नेकपाको केन्द्रीय कार्यालय) मा आयोजित समारोहमा हाल नेकपाका अध्यक्ष प्रचण्डको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै उनीहरूले जनवादी विवाह गरेका हुन्।

प्रकाशित मिति: : 2021-02-14 09:52:00

प्रतिकृया दिनुहोस्