शनिबार, १२ जुलाई २०२५

बुटवल जनसभामा प्रधानमन्त्री ओली सम्बोधन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

बिएल संवाददाता

बिएल संवाददाता

बुटवल
2021-02-13 11:54:00
News Image
• • •

नेकपा ओली समुहले आज दिउँसो रुपन्देहीको बुटवलमा जनसभाको आयोजना गरेको छ। 

जनसभालाई प्रधानमन्त्री तथा उक्त समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेकपा (ओली) लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गर्न लागेको वृहत जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने केन्द्रीय भूमिश्वर ढकालले जानकारी दिए।

बुटवलको सिद्देश्वरी मैदानमा हुने जनसभालाई पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्ने  बताइएकाे छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?