कोरोना खोप लगाउन फ्रन्टलाइनरमै देखिएन उत्साह

थाहा खबर

काठमाडाै‌ं

अतिन आचार्य

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिडविरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई लगाइयो।

सबै १० लाख डोज खोप १० दिनभित्र साढे ४ लाख फ्रन्टलाइनरलाई लगाउने भनिए पनि अहिलेसम्म खोप लगाउनेको संख्या करिब २ लाख मात्रै पुगेकाे छ।  पहिलो चरणको खोप अभियान माघ १४ गते देखि थालिएको थियो।

भारत सरकारले सिरम इन्स्टिच्युटबाट निर्मित काेभिशिल्ड खोपकाे १० लाख मात्रा अनुदानमा उपलब्ध गराएको हाे।पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ।

सरकारले पहिलो चरणको खोप कार्यक्रम सकिए पनि प्राथमिकतामा परेका व्यक्ति अन्तर्गत अहिले सञ्चारकर्मीलाई खोप लगाइरहेको छ। पहिलो चरणमा १ लाख ८४ हजार ८ सय ५७ ले खोप लगाएका थिए।

विश्वभर खोप निर्माण नहुँदासम्म खोपको प्रतिक्षा थियो। तर,नेपालमा भने खोप आयात भइसक्दा पनि उत्साहजनक रुपमा खोप कार्यक्रममा मानिस सहभागी भएका छैनन्। कतिपय मानिसले खोप लगाउने अवसर पाउँदा पनि लगाएका छैनन्। 

 

प्रकाशित मिति: : 2021-02-12 17:27:00

प्रतिकृया दिनुहोस्