मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु

Hamro koshi Aawaj

धुनीबेंसी नगरपालिका खानीखोलामा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका ३० वर्षीय छोरा डा सुरेश अधिकारी रहेका छन्।

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किदाँ उनीहरुको मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल चालक डा अधिकारी र उनका घाइते घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार घाइते उनीहरुको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको हो।

प्रकाशित मिति: : 2021-02-11 17:16:00

प्रतिकृया दिनुहोस्