भागरथी हत्या प्रकरणमा निर्मलाको झल्को

सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

उक्त घटनाले देश हल्लायो। अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन।

अनेक नामका एनजीओ, पीत पत्रकारितामा पोख्त केही मीडियाकर्मीदेखि फेसबुकेहरूलाई निर्मलाको मृत्यु आफूतर्फ अरूको ध्यान खिच्न औजार मात्र भइरहेको छ। 

सुदूरपश्चिममा फेरि निर्मलाकै झैं फेरि अर्को वीभत्स हत्या भएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत बिहीबार साँझ मृत भेटिइन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भट्टको शव हेरिसक्नु अवस्थामा थिएन। स्थानीय लवलेक जङ्गलमा उनको शव विभत्स अवस्थामा फेला पर्‍यो। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेकी हुन्। 

प्रकाशित मिति: : 2021-02-11 06:36:00

प्रतिकृया दिनुहोस्