शक्ति प्रदर्शनमा 'जनयुद्ध'का लडाकु र 'राजाको सेना' बिच भएको त्यो रोचक सडक संवाद

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : नरसिंह प्रसाद काहार मंगलवार साँझ आफ्ना वडाका करिब ८० जना मानिसलाई लिएर काठमाडौंका लागि हानिए। नवलपरासीको प्रतापपुर गाउँपालिका - ३ का वडा सदस्य हुन् उनी।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा बुधवार दिउँसो सडकमा भेटिए उनी। त्यहाँ उनी न धेरै उत्साही थिए न निराश नै। सँगै थिए साथीहरु। शक्ति प्रदर्शन गर्न नवलपरासीबाटै आएका धीरेन्द्र थारुको भरोसा उनै थिए। धीरेन्द्र जन्मदेखि अपाङ्ग रहेछन्।

धीरेन्द्र थारु

उनको दाहिने खुट्टा छोटो र बाङ्गो भएकाले वैशाखीको सहारा चाहिने। उनीहरू दरबारमार्ग हुँदै रत्नपार्कतर्फ जाँदै थिए। प्रदर्शनकारीको भिडमा पेलिएलान् भन्ने त्रास। गाह्रो होला भनेर नरसिंहले उनको हात थामेका थिए। 

परेको बेला साथ र सहयोग मिल्छ भन्ने भरोसाले नै नरसिंहले जनप्रतिनिधि बन्न पाए। तर, देशको राजनीतिक माहोल यसरी बिग्रिँदै गयो कि नरसिंहलाई आफ्ना मतदाताहरूको अगाडि पर्न कठिन। उनलाई डर लाग्छ आफ्ना भोटरको प्रश्नसँग।

'जसले सिद्धान्त पढाए उनीहरूको चाहना अनुरुप चल्दै गयौं। लड्यौं र संविधान ल्यायौं। अहिले त्यही संविधान जोगाउन फेरि आन्दोलनमा होमिन परेको छ,' उनले बुधवार काठमाडौं आउनुको कारण खुलाए।

 

प्रकाशित मिति: : 2021-02-10 18:20:00

प्रतिकृया दिनुहोस्