मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

Kheladi News

मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदान निर्माण शुरु भइरहेको छ।

पहिलो चरणमा खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको हो।

गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिए। 

मैदान निर्माणका लागि वाग्मती प्रदेश  सरकारले रु ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएका छन्।  मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने बताइएको छ। 

पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ।  
 

प्रकाशित मिति: : 2021-02-10 16:58:00

प्रतिकृया दिनुहोस्