प्रधानमन्त्रीको प्यादा बनेकी खलपात्रविरुद्ध बोल्न पाइन्छ : रामकुमारी झाँक्री (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा युवानेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सहयोगी जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले खलपात्र विरुद्धव्यवहार गरेकाले त्यसविरुद्ध आफूले बोलेको बताएकी छिन्।

उनले सार्वभौम नेपाली जनताले बोल्न पाउने पनि दाबी गरिन्। नेकपा (प्रचण्ड) समूहले राजधानीमा जारी गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीलाई बोल्न पाइँदैन भन्ने केही चार्ज छ। राष्ट्रपति शिरमाथिको संस्था हो। त्यो संस्थाविरुद्ध बोल्ने दुष्साहस गरेको छैन तर त्यो संस्थामा कुनै व्यक्तिले निरंकुशताको साक्षी बस्छ, त्यस्को एउटा प्यादा बन्छ भने प्रधानमन्त्रीको एउटा असिस्टेन्ट जस्तो  खलपात्रविरुद्ध बोल्दा कसले भन्छ, बोल्न पाइँदैन?’

राष्ट्रपति विद्या भण्डारीविरुद्ध बोल्दा महिला अस्मिता नमिचिने पनि उनले दाबी गरिन्। ‘कसले भन्छ महिला अस्मिता मिचियो? सन्की प्रधानमन्त्रीको प्यादा बन्ने विरुद्ध बोल्न पाइन्छ । कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो।’

प्रकाशित मिति: : 2021-02-10 16:20:00

प्रतिकृया दिनुहोस्