‘कोटेश्वरको केटो’ लाई एक लाख पुरस्कार

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इञ्जा० द्वारा स्थापित एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार ९२०२०० साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ। 

‘कोटेश्वरको केटो’ संस्मरणात्मक कृति आजभन्दा झण्डै साढे चार दशक आगाडिको काठमाडौंको दृश्य हो। यसमा तत्कालीन काँठे जीवन, आनीबानी, संस्कृति र संघर्षको कथा समेटिएको छ।

पराजुलीले यो संस्मरणात्मक कृतिलाई चार भागमा बाँडेका छन्। तीन भाग ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। 

पराजुलीको हालसम्म विकल्प यात्रा, जाडोमा भोक, सपनामा माक्र्स, शुक्रराज शास्त्रीको चश्मा, अघोरीसहित पाँचवटा कथा संग्रह प्रकाशित छन्। त्यस्तै एउटा उपन्यास अनायिका र कविता संग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटोसमेत गरी उनका आठवटा कृति प्रकाशित छन्।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली साहित्यसँगै पत्रकारितामा पनि सक्रिय छन्।

प्रकाशित मिति: : 2021-02-09 14:43:00

प्रतिकृया दिनुहोस्