प्रजातन्त्र दिवसमा कविता र निबन्ध प्रतियोगिता हुने 

बिएल संवाददाता

काठमाडाै‌ं

प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। 
प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रतिष्ठानले फागुन ७ गते प्रतियोगिता आयोजना गर्न लागेको हो।  

प्रतियोगिताको लागि ‘राष्ट्रिय भावना प्रतिविम्ब’ हुने गरी १ सय ५० शब्दसम्मको कविता तथा ‘राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको दायित्व’ शीर्षकमा लेखिएको १५ सय शब्दसम्मको निबन्ध माग गरिएको प्रतिष्ठानले बताएको छ। 

प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो अप्रकाशित कविता तथा निबन्ध प्रतिष्ठानमा बुझाउनु पर्ने सूचनामा जनाइएको छ। 
कविता र निबन्ध दुवै विधातर्फ प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ र तृतीय हुनेलाई ३० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिने प्रतिष्ठानका सदस्य–सचिव प्रा.जगत प्रसाद उपाध्यायले बताए।

प्रकाशित मिति: : 2021-02-09 10:52:00

प्रतिकृया दिनुहोस्